२०८२ फाल्गुन २२ , शुक्रवार

माघ २६ गते सोमबार, यस्तो छ तपाईंको राशिफल

rashifal-horoscope-ratopati_vzMkZlCnIH

सुनाखरी न्युज/ काठमाडौं ।

मेष  :  तपाईंका लागि समय उत्तम फलदायक छ । लाभ, समस्या समाधान, कार्य सफल होला ।

वृष  :  दिन शुभ छ । आर्थिक लाभ, विजय, काममा सफलता प्राप्ति हुने सम्भावना देखिन्छ ।

मिथुन : समय अनुकूल देखिँदैन । कार्य असफल, कष्ट, आर्थिक क्षति, खर्चमा वृद्धि हुन सक्छ ।

कर्कट  :  पेटको स्वास्थ्य समस्या, दौडधूप, तनाव परिवारिक विवाद हुन सक्छ । सजग रहनुहोला ।

 

सिंह  :  तपाईंका लागि दिन उत्तम भएकाले आर्थिक लाभ, सम्मान, शुभ समाचार मिल्ने देखिन्छ ।

कन्या  :  दिन शुभ देखिँदैन । धन नाश, चिन्ता, दुःख–कष्ट, व्यर्थको खर्च नहोला भन्न सकिन्न ।

तुला :  समय बलवान् छ । लाभ, उपहार प्राप्ति, मिष्ठान्न भोजन, कार्यकुशलता हुने देखिन्छ ।

वृश्चिक  :  स्वास्थ्य बाधा, चोटपटकको भय, विवाद हुन सक्ने भएकाले सजगता अपनाउनुहोला ।

 

धनु :  शुभ समय आएकाले आर्थिक लाभ, मिष्ठान्न भोजन प्राप्ति, हर्षविभोर हुने देखिन्छ ।

मकर  :  समय उत्तम फलदायक छ । सुख–सन्तोष, स्वस्थताको महसुस, जाँगर बढ्ने सम्भावना छ ।

कुम्भ  : समय अनुकूल नभएकाले राजनीतिज्ञबाट डर, असफलता, प्रतिष्ठामा आघात हुने देखिन्छ ।

मीन :  चोटपटकको भय, कार्य बाधा, नोक्सानी, चिन्ता हुन सक्ने भएकाले सजग रहनुहोला ।