२०८२ फाल्गुन २२ , शुक्रवार

अभिनेता सुनिल थापाको पोस्टमार्टम रिपोर्ट ‍- मृत्युको कारण मुटुको नसा ब्लकेज

Sunil_Thapa_SfeNwsHaag

 

सुनाखरी न्युज/ काठमाडौं ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा गरिएको पोस्टमार्टम रिपोर्ट अनुसार अभिनेता सुनिल थापाको मृत्युको मुख्य कारण हृदयघात देखिएको छ ।

‘हृदयघात भएर मुटुको नसा ब्लक भएका कारण मृत्यु भएको देखिएको छ’ एक चिकित्सकले भने । पोस्टमार्टम सकेर उनको शव अहिले अस्पतालबाट लगिएको छ । श्रद्धाञ्जीका लागि चलचित्र विकास बोर्डमा राखिने छ ।

६८ वर्षीय थापालाई हिजो शनिबार बिहान स्वास्थ्यमा समस्या भएपछि थापाथलीस्थित नर्भिक अस्पताल लगिएको थियो । त्यहीँ उनको निधन भएको थियो ।