
सुनाखरी न्युज/ काठमाडौं ।
भाटभटेनी सुपरमार्केटले जेनजी आन्दोलनमा आगलागीबाट क्षतिग्रस्त आफ्ना स्टोरमध्ये पहिलो चरणमा कोटेश्वर सुपरस्टोर पुनः सञ्चालनमा ल्याएको छ ।२४ माघ शनिबार बिहान १० बजेदेखि कोटेश्व भाटभटेनी पुनः सञ्चालनमा आउने घोषणा भाटभटेनीले गरेको छ । यो पुनः सञ्चालनले भाटभटेनीको पुनर्निर्माण, सेवाप्रति प्रतिबद्धता र समुदायप्रतिको उत्तरदायित्वलाई स्पष्ट प्रतिविम्बित गर्दछ ।
भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलका अनुसार हालैको घटनाबाट केही स्टोर प्रभावित भए पनि कर्मचारी, ग्राहक तथा सरोकारवालाबाट प्राप्त सहयोग र विश्वासकै कारण कम्पनी छिटो पुनः उत्थानको मार्गमा अघि बढ्न सफल भएको हो। कोटेश्वर स्टोरको पुनः सञ्चालनसँगै बाँकी प्रभावित स्टोरहरू पनि चरणबद्ध रूपमा सञ्चालनमा ल्याइने जानकारी उनले दिए।
भाटभटेनी सुपरमार्केटले यस कठिन समयमा साथ, सहयोग र धैर्यताका लागि सम्पूर्ण ग्राहकवर्ग, स्थानीय समुदाय, सुरक्षा निकाय तथा सरोकारवालाप्रति हार्दिक धन्यवाद व्यक्त गरेको छ। कोटेश्वर स्टोर पुनः सञ्चालनसँगै बाँकी स्टोर पनि चरणबद्ध रूपमा सञ्चालनमा ल्याइने जानकारी पौडेलले दिए ।भाटभटेनी सुपरमार्केटले कठिन समयमा साथ, सहयोग र धैर्यताका लागि सम्पूर्ण ग्राहकवर्ग, स्थानीय समुदाय, सुरक्षा निकाय तथा सरोकारवालालाई धन्यवाद व्यक्त गर्दछ।