२०८२ फाल्गुन २२ , शुक्रवार

६ कक्षाका छात्रालाई पाठेघरको मुखको  क्यान्सर विरुद्धको खोप आइतबारदेखि

vaccine

सुनाखरी न्युज/ काठमाडौं ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही माघ २५ (आइतबार) देखि किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप देशभरि नै लगाउने भएको छ।

सरकारले गत वर्षको एचपिभी खोप अभियानमा छुटेका हाल कक्षा ७ देखि १० सम्म पढ्ने छात्रा र ११ वर्षदेखि १४ वर्षका विद्यालय बाहिरका किशोरीलाई सोही अभियानअन्तर्गत खोप लगाइने स्वास्थ्य सेवा विभाग बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले बताए। छात्रा र किशोरीलाई खोप आ–आफ्नो विद्यालय र स्वास्थ्य संस्थामा लगाइने र खोप लगाउने स्वास्थ्यकर्मीलाई तालिम दिइसकेको स्वास्थ्य सेवा विभाग बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले बताए।

स्वास्थ्य सेवा विभाग बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले आगामी फागुन १५ गतेसम्म देशभरिका कक्षा ६ मा पढ्ने र विद्यालय बाहिर रहेका १० वर्ष उमेर समूहका किशोरीलाई खोप लगाइने बताए।

‘प्रादेशिक कार्यालयबाट जिल्ला कार्यालयमा खोप पुर्‍याइसकिएको छ,’ प्रमुख डा गौतमले भने। सरकारले गतवर्ष माघ २२ देखि फागुन ६ गतेसम्म देशभरि नै कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका करिब १७ लाख किशोरीलाई उक्त खोप लगाएको थियो।

शाखा प्रमुख डा गौतमले खोप अभियानअन्तर्गत करिब तीन लाख ५० हजार बालबालिकालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप लगाइने बताए। खोप यसपटक एचपिभि खोप ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’को सहयोग प्राप्त भएको बताए।