
सुनाखरी न्युज/ काठमाडौं ।
नगद कारोबार र क्युआर मार्फ हुने भुक्तानीको सिमा बढाउन नेपाल सुनचाँदी ब्यवसायी महासंघले नेपाल राष्ट बैंकसँग आग्रह गरेको छ । महासंघका अध्यक्ष अर्जुन रसाइलीको नेतृत्वमा बिहिबार गएको महासंघको प्रतिनिधिमण्डलले राष्ट बैंकको विदेशी विनिमय ब्यवस्थापन विभागका कायृत्रकारी निर्देशक किरण पण्डिलसँग भेटगरी यस्तो आग्रह गरेको हो ।
भेटका क्रममा कार्यकारी निर्देशक पण्डिलले सुनचाँदी ब्यवसायीहरुको मागलाई आफूले गंभिर रुपमा लिएको र यसको कार्यान्वयनका लागि पहल गर्ने बिश्वास ब्यक्त गर्नुभयो ।
त्यस क्रममा महासंघका अध्यक्ष रसाइलीले सुनको मुल्य अत्याधि बृद्धि भएको र बजारमा उपभोक्ताहरुवाट फिर्ता आउने क्रम बढेको उल्लेख गर्दै त्यस्तो सनु खरिद गर्ने संयन्त्र निर्माण गर्न कार्यकारी निर्देशक पण्डितसँग आग्रह गर्नुभयो । यस्तै साविकको वागमति अञ्चल तथा हालको वागमति प्रदेशभित्रका जिल्लाहरुमा सुनको वितरण, चाँदीको आयात तथा वितरणको ब्यवसथपन, सुनको कोटा बृद्धि, साना आकारका सुनको सिफारिस, प्रदेशगत रुपमा कच्चँ पदार्थको पहुँच लगायतका बिषयमा उहाँले राष्ट बैंकको ध्यानाकर्षण गराउनुभयो ।
भेटका क्रममा महासंघको तर्फवाट अध्यक्ष रसाइली, वरिष्ठ उपाध्यक्ष दियेशरत्न शाक्य, प्रथम उपाध्यक्ष धर्मसुन्दर बज्राचार्य, महासचिव किरणभाई बज्राचार्य, कोषाध्यक्ष सुदिप श्रेष्ठ, महानिर्देशक शिव दुवाडी लगायतको उपस्थिति रहेको थियो ।