२०८२ फाल्गुन २२ , शुक्रवार

बिलासिता शुल्क खारेज गर्न महासंघले गरायो अर्थ मन्त्रालयको ध्यानाकर्षण

44

सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघले सुनका गरगहनाको बिक्रिमा लगाइएको २ प्रतिशत बिलासिता शुल्क तत्काल खारेज गर्न सरकारको ध्यानाकर्षण गराएको छ । महासंघका अध्यक्ष अर्जुन रसाइलीको नेतृत्वमा बिहिबार गएको महासंघको प्रतिनिधिमण्डलले अर्थ मन्त्रालयका सहसचिव एवं कार्यदलका संयोजक उत्तरकुमार खत्रीलाइ भेटगरी तत्काल विलासिता शुल्क खारेज गर्न माग गरेको हो ।

भेटका क्रममा सहसचिव खत्रीले नेपाल सुनचाँदी ब्यवसायी महासंघले राखेको मागका सम्बन्धमा सरकारको ध्यानाकर्षण भएको उल्लेख गर्दै उपयुक्त सययमा ब्यवसायीको माग सम्बोधन गर्ने प्रतिवद्धता जनाउनुभयो । सरकारले नयाँ बजेट निर्माणको कार्य अगािड बढाएको उल्लेख गर्दै त्यसक्रममा ब्यवसायीको माग सम्बोधन गर्ने आश्वासन उहाँले दिनुभयो ।

त्यस क्रममा महासंघका अध्यक्ष रसाइलीले सुनका मुल्य अत्याधि बृद्धि भएको र त्यसमा विलासिता शुल्क समेत थपिएकोले सर्वसासधारण उपभोक्रा चरम मारमा परेको भन्दै तत्काल बिलासिता शुल्क खारेज हुने पर्ने माग गर्नुभयो । त्यसक्रममा ब्यवसायीहरुले सुनचाँदी ब्यवसायमा परेका विभिन्न समस्याको बारेमा सरकारको ध्यानाकर्षण गराएका थिए ।

भेटका क्रममा महासंघको तर्फवाट अध्यक्ष रसाइली, वरिष्ठ उपाध्यक्ष दियेशरत्न शाक्य, प्रथम उपाध्यक्ष धर्मसुन्दर बज्राचार्य, महासचिव किरणभाई बज्राचार्य, महानिर्देशक शिव दुवाडी लगायतको उपस्थिति रहेको थियो ।

सरकारले चालु आर्थिक बर्षको बजेट माफृत सुनका गरगहनाको बिक्रीमा २ प्रतिशत बिलाशिता शुल्क लगाउने ब्यवसथ गरेको छ । त्यसयता ब्यवसायी निरन्तर त्यसको बिरोधमा छन् ।