
सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचकमा बुधबार पनि गिरावट आएको छ । मंगलबार १२ अंकले घटेको नेप्से सूचकमा सामान्य गिरावट आएको हो ।
नेप्से सूचक घटे पनि बुधबार ४ कम्पनीको सेयर मूल्य १० प्रतिशतसम्म बढेपछि सकारात्मक ‘सर्किट’ लागेको नेप्सेले जनाएको छ । बुधबार नेप्से सूचक घट्ने बढ्ने गरे पनि बन्द हुँदा घटेरै बन्द भएको हो ।
बुधबार सकारात्मक सर्किट लगेका कम्पनीमा कालिञ्चोक दर्शन, सुपर माई हाइड्रो, सुपर मादी हाइड्रो र आँखुखोला जलविद्युत् छन् । नेप्सेमा धेरै कारोबार हुनेमा पनि आँखुखोला हाइड्रो नै छ ।
बुधबार कारोबार सुरु हुँदा २६८३.१५ अंकमा रहेको नेप्से १.६४ अंक घटेर २६८१.५० बिन्दुमा झरेको छ । नेप्सेसँगै सेन्सिटिभ इन्डेक्स पनि ०.७० अंक घटेको छ ।
नेप्सेमा कारोबार भएकामध्ये बुधबार १ सय ३४ कम्पनीको सेयर मूल्य घटेको छ । साथै, १ सय १३ कम्पनीको सेयर मूल्य बढेको छ भने १३ कम्पनीको मूल्यमा कुनै परिवर्तन भएको छैन ।