२०८२ फाल्गुन २२ , शुक्रवार

नेप्से परिसूचकमा सामान्य गिरावट, साढे ७ अर्बको कारोबार

Nepse-2

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल स्टक एक्स्चेन्ज (नेप्से)  परिसूचकमा बुधबार  पनि  गिरावट आएको छ । मंगलबार १२ अंकले घटेको नेप्से सूचकमा सामान्य गिरावट आएको हो ।

नेप्से सूचक घटे पनि बुधबार ४ कम्पनीको सेयर मूल्य १० प्रतिशतसम्म बढेपछि सकारात्मक ‘सर्किट’ लागेको नेप्सेले जनाएको छ । बुधबार नेप्से सूचक घट्ने बढ्ने गरे पनि बन्द हुँदा घटेरै बन्द भएको हो ।

बुधबार सकारात्मक सर्किट लगेका कम्पनीमा कालिञ्चोक दर्शन, सुपर माई हाइड्रो, सुपर मादी हाइड्रो र आँखुखोला जलविद्युत् छन् । नेप्सेमा धेरै कारोबार हुनेमा पनि आँखुखोला हाइड्रो नै छ ।

बुधबार कारोबार सुरु हुँदा २६८३.१५ अंकमा रहेको नेप्से १.६४ अंक घटेर २६८१.५० बिन्दुमा झरेको छ । नेप्सेसँगै सेन्सिटिभ इन्डेक्स पनि ०.७० अंक घटेको छ ।

नेप्सेमा कारोबार भएकामध्ये बुधबार  १ सय ३४ कम्पनीको सेयर मूल्य घटेको छ । साथै, १ सय १३ कम्पनीको सेयर मूल्य बढेको छ भने १३ कम्पनीको मूल्यमा कुनै परिवर्तन भएको छैन ।