
सुनाखरी न्युज/ काठमाडौं ।
नेपाली बजारमा सुनचाँदीको भाउ फेरी उकालो लाग्न थालेको छ । अघिल्लो दिनको तुलनामा सुनको भाउ १४ हजार ४०० रुपैयाँले वृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको भाउ प्रतितोला तीन लाख ४ हजार ७०० रुपैयाँ निर्धारण भएको छ ।
मंगलबार सुनको भाउ प्रतितोला २ लाख ९० हजार ३०० रुपैयाँ थियो ।
त्यसैगरी, बुधबार चाँदीको भाउ पनि तोलामा २ सय ६५ रुपैयाँले बढेको छ । मूल्य बढेसँगै चाँदीको भाउ प्रतितोला ५ हजार ६०० रुपैयाँ कायम भएको छ ।
मंगलबार चाँदी प्रतितोला ५ हजार ३३५ रुपैयाँ थियो ।