२०८२ फाल्गुन २२ , शुक्रवार

ग्यास आयात बढाउँदै आयल निगम, आजदेखि आपूर्ति सहज हुने

noc-nepal-2019

सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल आयल निगमले बुधबारदेखि खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज हुने जनाएको छ । केही दिनयता काठमाडौं उपत्यकामा ग्यास अभाव देखिएको थियो । भारतबाट पर्याप्त एलपी ग्यास ल्याइएकाले अब अभाव नहुने निगमले जनाएको हो ।

करिब १० दिन ग्यास अभाव भए पनि अब त्यो समस्या नरहेको निगमका प्रमुख कार्यकारी अधिकृत चण्डिकाप्रसाद भट्टले बताए ।

धेरै उपभोक्ता भएका उद्योगको ग्यास अभाव भएको उनले बताए ।

‘एलपीजी भारतबाट आउने हो, ती ठाउँबाट लोड हुन समय लाग्यो, आएको ग्यासको रुजु गर्न एकरदुई दिन थप समय लाग्दा खाली सिलिन्डरमा भर्न ढिलाइ भएको हो,’ उनले भने, ‘१२ माघमा भारतको गणतन्त्र दिवस परेको र आइतबार ग्यास ल्याउने रिफाइनरी तथा बोटलिङ प्लान्टहरू बन्द हुने हुँदा त्यसको असर नेपालमा परेको हो ।’

 

 

ग्यास अभाव भएपछि लुकाएको आशंकामा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र आयल निगमले संयुक्त अनुगमन गरिरहे पनि ठूलो मात्रामा ग्यास मौज्दात राखेको नपाइएको उनले बताए ।