२०८२ फाल्गुन २३ , शनिवार

हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन हुनसक्छ : प्रधानमन्त्री कार्की

Sushila-Karki-_8wVG6o5YPK_pmf0q0deshbiydvn6p79bwxfsi20uofilajbhyyeo5d5e4wgygnsjsqcvx8e_Q6KueAgdfR_zpip5vqnmgecjet1hhbwdxedaeot93tdt76l53urczvrbh1wjz0h0wh3j3ur

सुनाखरी न्युज/ काठमाडौं ।

प्रधानमन्त्री सुशीला कार्कीले हिमाली जिल्लामा हिमपात भएको खण्डमा दोस्रो चरणमा निर्वाचन गरिने बताएकी छन्। पूर्वी नवलपरासीको हात्तिखोरस्थित नेपाली सेनाको ब्यारेकमा राष्ट्रिय सेवा दलद्वारा आयोजित विद्यार्थीहरूको तालिम समापन समारोहमा प्रधानमन्त्री कार्कीले अत्यधिक चिसोले सक्दै नसक्ने अवस्था आइहाल्यो भने मात्रै हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन हुने बताइन् ।

प्रधानमन्त्रीले निर्वाचन तोकिएको समयमा नै हुने स्पष्ट पार्दै, सर्ने विषय अब हटिसकेको बताइन्। उनले भनिन्, ‘अत्यधिक चिसोले सक्दै नसक्ने अवस्था आइहाल्यो भने मात्रै हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन हुन्छ ।’

उनले हिमालका जिल्लामा गाडीबाट मतदाता ओसारेर भए पनि निर्वाचन गर्नेबारे सरकारले सोचिरहेको बताइन् । उनले यो निर्वाचनमा करिब ३० देखि ३२ अर्ब खर्च हुने समेत बताइन् ।