
सुनाखरी न्युज/ काठमाडौं।
मंगलबार स्थानीय बजारमा सुनको मूल्य फेरि बढेको छ । शुक्रबारयता तोलामा ५२ हजार ७०० रुपैयाँले घटेर सोमबार २ लाख ८६ हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज पुनः ३ हजार ७०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १३५ रुपैयाँले बढ्दै ५ हजार ३३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन तोलामा ३०० रुपैयाँले घट्दै चाँदी ५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।