
सुनाखरी न्युज/ काठमाडौं ।
चालु आर्थिक वर्ष पुससम्म शोधनान्तर स्थिति ५ खर्बभन्दा धरै बचतमा पुगेको छ ।
आयात र रेमिट्यान्स तथा निर्यातमा देखिएको सुधारले शोधनान्तर बचतमा उच्च सुधार आएको हो ।
चालु आव पुससम्म रेमिट्यान्स आप्रवाह ३९ प्रतिशत र निर्यात ४३।८ प्रतिशतले बढेको छ । त्यसैगरी आयात १४।२ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।
चालु आव पुससम्म चालु खाता ४ खर्ब २९ अर्ब ९१ करोडले बचतमा छ । गत आव सोही अवधिमा चालु खाता १ खर्ब ६५ अर्ब ६७ करोडले बचतमा थियो ।
अमेरिकी डलरमा गत वर्ष सोही अवधिमा १ अर्ब २३ करोडले बचतमा रहेको चालु खाता चालु आव पुससम्म ३ अर्ब ३ करोडले बचतमा रहेको हो ।
अमेरिकी डलरमा गत आव सोही अवधिमा १ अर्ब ८५ करोडले बचतमा रहेको शोधनान्तर स्थिति चालु आव पुससम्म ३ अर्ब ५४ करोडले बचतमा छ ।