२०८२ फाल्गुन २२ , शुक्रवार

श्रीगणेशको प्रिय दिनमा तपाइँको राशिफल कस्तो होला ?

mangalbarko-rashifal-1024×576

सुनाखरी न्युज/ काठमाडौं।

आजको राशिफल
मेष ( चू, चे, चो, ला, लि, लू, ले, लो, अ )  बौद्धिकताको प्रयोग गरी आफ्नो क्षमतालाई निखार्ने अवसर प्राप्त हुनेछ । मन परेको मानिसबाट छोटो दुरीको यात्राको अफर आउने तथा उपहार प्राप्त हुने योग रहेको छ । आफन्त तथा सन्तानबाट तपाईंले सुरु गरेको काममा सहयोग तथा समर्थन पाइनेछ ।
वृष ( ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)  घर परिवार तथा आफन्तका बीच देखिने तित्तता हल गर्दै राम्रा काम गर्न सकिनेछ । विलासी तथा भौतिक वस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला । बढी नै रमाइलो गर्न खोज्दा शुभचिन्तकहरू रिसाउनेछन् । हतारमा गरिने निर्णय घातक हुनेछ । पढाइ लेखाइमा मन जाने छैन ।
मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा )  आँट, साहस तथा पराक्रममा वृद्धि हुनेछ भने पुरुषार्थले अधिकार स्थापित गर्न सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग गरी आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ । पढ्ने लेख्ने काममा मन जाने हुनाले नतिजा आफैँतिर ल्याउन सकिनेछ ।

कर्कट ( ही, हू, हे, हो, डा, डी, डु, डे, डो)  बोलीको प्रभाव बढ्ने हुनाले काउन्सिलिङ तथा मोटिभेसन क्षेत्रमा समय खर्चिनेहरूले मनग्गे धन आर्जन गर्न सक्नेछन् । स्रोत साधन जुट्नाले व्यापार तथा सेयर बजारमा लगानी बढाउन सकिनेछ । आफन्त तथा कुटुम्बबाट सुनिने सुखद समाचारले उत्साह जगाउनेछ ।
सिंह ( मा, मी, मू, मे, मो, टा, टी, टू, टे )  नयाँ प्रविधिको प्रयोग मार्फत व्यापार व्यवसायमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ । आर्थिक अवस्था राम्रो हुने तथा पहिलेदेखि नउठेका रकमहरू उठ्नेछन् । समाजसेवामा जनतासँगै रहेर काम गर्न सक्दा नाम कमाउन सकिनेछ । नयाँ काम पाउने तथा नोकरीमा बढुवा हुने योग रहेको छ ।
कन्या ( टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)  खानपानमा ध्यान दिनुहोला, स्वास्थ्यमा समस्या आई औषधि उपचार खर्च बढ्नेछ । काम गर्दा ध्यान दिनुहोला, काम बिग्रन तथा जरिवाना हुन सक्छ । तापनि लामो दुरीको विदेश यात्राको प्रशस्त सम्भावना रहेको छ । विदेशमा बसेर काम गर्नेहरूका लागि समयले साथ दिनेछ भने विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ ।

तुला ( रा, री, रु, रे, रो, ता, ती, तू, ते)  स्रोत साधन जुट्नाले कार्यक्षेत्रमा राम्रा काम गरी नाम कमाउन सकिनेछ । लामो समयदेखि रोकिएर बसेका कामहरू सम्पादन हुने तथा कार्यक्षेत्रमा नयाँ जिम्मेवारी थपिनेछ । व्यापार व्यवसाय फस्टाउनाले आम्दानी बढ्नेछ । अध्ययनमा सुधार हुने तथा भनेजस्तो नतिजा हात पार्न सकिनेछ ।
वृश्चिक ( तो, ना, नी, नू, ने, नो, या, यी, यू )  राजनीति तथा समाजसेवामा जनताको काम गर्न सकिने हुनाले मान सम्मान तथा इज्जत प्रतिष्ठामा वृद्धि हुनेछ । व्यापार तथा सेयर बजारको लगानी फस्टाएर जाने हुनाले मन प्रसन्न हुनेछ । माया प्रेमको डोरो कसिनेछ ।
धनु ( ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)  खोज तथा अनुसन्धानको क्षेत्रमा सकारात्मक उपलब्धि हासिल हुनेछ । पढाइ लेखाइकै सिलसिलामा लामो तथा छोटो दुरीको यात्रा हुनेछ । स्वास्थ्य सबल हुनाले पुरुषार्थी काम गरी आम्दानी बढाउन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जाने तथा पति(पत्नी बीच विश्वास बढेर जानेछ ।

मकर ( भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)  कामहरू समयमा नसकिने तथा अरूबाट बाधा व्यवधान हुने हुनाले मानसिक तनाव बढ्नेछ । मनोबल कमजोर हुने हुनाले काम गर्न जोस जाँगर हराएर जानेछ । पढाइ लेखाइ तपाईंकै कारणले बिग्रने हुँदा अरूभन्दा पछि परिनेछ ।
कुम्भ ( गू, गे, गो, सा, सी, सू, से, सो, दा)  शुभ तथा मांगलिक समारोहमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । व्यापार, सेयर बजार तथा उद्योगमा सानो लगानीबाट पनि मनग्गे धन आर्जन गर्न सकिनेछ । अध्ययनमा तपाईंको नाम अग्र स्थानमा आउनेछ ।
मीन ( दी, दू, थ, झ, ञ, दे, दो, चा, ची )  इष्टमित्र तथा आफन्तका साथ रमाइलो यात्राको अवसर जुर्ने तथा मीठा(मीठा परिकार ग्रहण गर्दै दिन कटाउन सकिनेछ । अदालती निर्णयहरू तपाईंकै पक्षमा आउने तथा शत्रु परास्त गर्दै अगाडि बढ्न सकिनेछ । प्रतिस्पर्धामा प्रतिस्पर्धीको मनोबल गिराउँदै सकारात्मक उपलब्धि हात पार्न सकिनेछ ।