२०८२ फाल्गुन २२ , शुक्रवार

एयरपोर्ट भन्सारमा अख्तियारको छापा, घुस रकम सहित दुई दर्जन मोवाइल बरामद

1550828017Akhtiyar-CIAA-Nepal1700798197-1733791781

सुनाखरी न्युज/ काठमाडौं ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका तीन कर्मचारीलाई  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित पक्राउ गरेको छ ।

अख्तियारले एयरपोर्ट भन्सार कार्यालयको वैदेशिक हुलाक भन्सार शाखाका भन्सार अधिकृत इन्द्र न्यौपाने, त्यहाँका कार्यालय सहयोगी गणेशप्रसाद पुडासैनी र सञ्चार मन्त्रालयको हुलाक सेवा विभागको पार्सल शाखाका नासु छविप्रसाद रिजाललाई घुस सहित पक्राउ गरेको हो ।

अख्तियारले पुडासैनीको टेबुलको घर्राबाट १० हजार, त्यही घर्रामा स्रोत नखुलेको ४० हजार अनि उनको साथबाट स्रोत नखुलेको ९६ हजार गरी कुल एक लाख ४६ हजार रुपैयाँ बरामद भएको जनाएको छ ।

अख्तियारले नासु रिजालको साथबाट २० हजार र स्रोत नखुलेको १८ हजार ८४८ गरी कुल ३८ हजार ८४८ रुपैयाँ बरामद गरेको थियो ।

उनीहरूमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।