२०८२ फाल्गुन २२ , शुक्रवार

सुनको भाउ आज पनि तोलामा १३ हजार ४०० रुपैयाँ घट्यो, चाँदीको कति ?

12-gold

सुनाखरी न्युज/ काठमाडौं।

सुनको भाउ सोमबार पनि  तोलामा १३ हजार ४०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ३ लाख कायम भएको छापावाल सुनको मूल्य सोमबार घटेर २ लाख ८६ हजार ६०० रुपैयाँ कायम भएको हो ।

सुनको मूल्य बिहीबार  तोलामा ३ लाख ३९ हजार ३०० रुपैयाँसम्म पुगेको थियो । जुन मूल्य हालसम्मकै उच्च भएकामा फेरि घटिरहेको हो।

यसैगरी चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा ५ हजार ५०० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार घटेर ५ हजार २०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।