२०८२ फाल्गुन २२ , शुक्रवार

काठमाडौं महानगरमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरमै आधारभूत स्वास्थ्य सेवा

Sunita_Dangol

सुनाखरी न्युज/ काठमाडौं ।

काठमाडौं महानगरपालिकाले आइतबारदेखि ७० वर्षमाथिका जेष्ठ नागरिकहरूको लागि घरमै पुगेर आधारभूत स्वास्थ्य सेवा तथा परीक्षण शुरु गरेको छ ।

महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले  आइतबार एक कार्यक्रमका बीच उक्त कार्यक्रमको शुभारम्भ गरेकी हुन् ।

 

कार्यक्रममा ज्येष्ठ नागरिकको प्रेसर जाँच, सेवन गरिरहेका औषधिको विवरण तथा मेडिकल हिस्ट्री संकलन गरी आवश्यक आधारभूत स्वास्थ्य सेवा प्रदान गरिने कार्यबाहक प्रमुख डंगोलले बताइन् ।

उनका अनुसार स्वास्थ्य प्रवर्द्धन केन्द्रसम्म जानसक्ने ज्येष्ठ नागरिकलाई केन्द्रमै सेवा प्रदान गर्ने तथा जान नसक्ने अवस्थामा रहेका ज्येष्ठ नागरिकलाई घरमै पुगेर आधारभूत स्वास्थ्य सेवा प्रदान गरिनेछ ।

 

यस कार्यक्रमले अगामी वर्षको नीति तथा कार्यक्रम प्रमाणमा आधारित बनाउन सहयोग पुग्ने डंगोलको विश्वास छ ।