२०८२ फाल्गुन २२ , शुक्रवार

नेप्से परिसूचक दोहोरो अंकले घट्यो, कारोबार रकममा पनि कमी

Share Down

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल स्टक एक्स्चेन्ज (नेप्से) सूचक आइतबार दोहोरो अंकले घटेको छ । गत साता बिहीबार १७ अंक घटेको नेप्से परिसूचक आइतबार करिब २० अंक घटेको हो ।

आइतबार कारोबार सुरु हुँदा २७१४.०५ अंकमा रहेको नेप्से १९.८५ अंकले घटेर २६९४।२० बिन्दुमा झरेको छ । नेप्सेसँगै सेन्सिटिभ इन्डेक्स पनि २.७६ अंकले घटेको छ ।

आइतबार नेप्सेमा कारोबार भएकामध्ये २ सय १ कम्पनीको सेयर मूल्य घटेको छ । त्यसैगरी ५० कम्पनीको सेयर मूल्य बढेको छ भने ९ कम्पनीको मूल्यमा कुनै परिवर्तन हुन सकेन ।

कारोबार सुरु भएदेखि निरन्तर घटेको नेप्से बन्द हुँदासम्म कायम रह्यो । धितोपत्र बजारमा सूचीकृत कम्पनीहरू अधिकांशले गत आर्थिक वर्ष आम्दानीबाट सेयरधनीलाइ लाभांश वितरण गरिसकेको अवस्था छ ।

 

त्यसले गर्दा पनि सेयर लगानीकर्ताले प्रतिफलका लागि धेरै समय पर्खनुपर्ने भएकाले पनि बजारमा नकारात्मक असर गरेको हो । साथै, आगामी २१ फागुनमा हुने निर्वाचनका लागि खर्च जोहो गर्न सेयर बिक्री दबाबले पनि बजार घटेको विश्लेषण लगानीकर्ताको छ ।

 

 

 

आइतबार नेप्सेमा ३ सय २९ कम्पनीको १ लाख १० हजार ७ सय २९ कारोबारबाट ९ अर्ब १० करोड बराबरको २ करोड २० लाख ६० हजार कित्ता सेयर खरिद बिक्री भएको छ ।

यो कारोबार रकम गत साता बिहीबारको तुलनामा थोरै हो । बिहीबार नेप्सेमा १४ अर्बभन्दा धेरैको कारोबार भएको थियो ।