२०८२ फाल्गुन २२ , शुक्रवार

श्रीमती हत्या गरेर श्रीमान् आफैं पुगे प्रहरी कार्यालय

kutpit-hatya

सुनाखरी न्युज/ काठमाडौं ।

श्रीमतीको हत्या गरेर श्रीमान् आफैं प्रहरी कार्यालयमा पुगेर आत्मसमर्पण गरेका छन् । प्रहरीमा आत्मसमर्पण गर्ने व्यक्ति ललितपुरको गोदावरी नगरपालिका–७ देवीचौरका ३० वर्षीय विनादे पाख्रिन रहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

मदिरा सेवन गरेर चिर्पटले हानेर श्रीमतीको हत्या गरेर खाटमा सुताएको अवस्थामा शव फेला परेको प्रहरीले बताएको छ । दुबै जनाले मदिरा पिएपछि विवाद हुँदा श्रीमतीको हत्या गरेको पाइएको प्रहरीको भनाइ छ । हत्यापछि उनी मैले श्रीमती हत्या गरेँ भन्दै प्रहरी कार्यालय पुगेका थिए ।

शव परीक्षणका लागि पाटन स्वस्थ्य विज्ञान प्रतिष्ठान लगनखेल पठाईएको छ भने को श्रीमानलाई नियन्त्रणमा लिई थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।