२०८२ फाल्गुन २२ , शुक्रवार

कास्कीका तीनवटै क्षेत्रमा राप्रपाको घरदैलो अभियान तथा भेला

rpa 2

सुनाखरी न्युज/ काठमाडौं ।

राष्ट्रि प्रजातन्त्र पार्टीले आफ्नो चुनावी अभियानलाई तिव्रता दिएको छ । चुनावी अभियान अन्तर्गत आज कास्कीका तिनवटै निर्वाचन क्षेत्रमा चुनाव प्रचारप्रसार अभियानलाई व्यापाकता बनाएको छ । चुनावी अभियान अन्तर्गत पोखरा २० मा भएको भेलालाई सम्वोधन गर्दै पार्टीका केन्द्रीय उपाध्यक्ष तथा क्षेत्र नं. २ का उम्मेदवार ई.हेमजंग गुरुङले अब राप्रपालाई जित्न कसैले रोक्न नसक्ने बताउनुभयो । यो देशमा एजेण्डा भएको पार्टी राप्रपा भएको बताउँदै ठूला दल र अहिले झुल्किएका नयाँ दलका नक्कली कुरामा विश्वास नगर्न आम मतदाताई आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्दै उम्मेदवार गुरुङले हिन्दु राष्ट्र र राजसंस्था अहिलेको अपरिहार्य रहेको बताउँदै संवैधानिक राजसंस्था र हिन्दु राष्ट्र कायम नभएसम्म हाम्रो पार्टी राप्रपा सँधै लडिरहने बताउनुभयो । भेलालाई केन्द्रीय सदस्य शंकर खराल, जिल्ला अध्यक्ष नारायण गुरुङ लगायतले संवैधानिक राजसंस्था र हिन्दु राष्ट्र चाहने सम्पूर्ण राष्ट्रवादी आम महानुभावहरुले हलो चिन्हलाई मत हाली विजयी गराउन आग्रह गर्नुभएको थियो ।

त्यसैगरी क्षेत्र नं. १ र ३ मा पनि चुनावी अभियान तिव्र गतिमा अगाडि बढिरहेको राप्रपा गण्डकी प्रदेशका सचिव बरुणविक्रम राणाले बताउनुभयो । राप्रपाले क्षेत्र नं. १ मा युवा नेता अर्जुन खनाल र ३ मा बाबुराम थापालाई अगाडि सारेको छ । वडा नं. २० का इकाई अध्यक्ष कृष्ण केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत विष्णु कार्कीले गर्नुभएको थियो भने संचालन सचिव दिनेश बस्नेतले गर्नुभएको थियो । कार्यक्रममा जिल्लाका विभिन्न तह र तप्काका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो । वडा नं. २० मा उम्मेदवारहरुको घरदैलो कार्यक्रम समेत भएको थियो ।