२०८२ फाल्गुन २२ , शुक्रवार

नेपाल प्रहरीको रासन भत्तामा १० प्रतिशत वृद्धि, अन्डा, मासु र बिस्कुट थपिए

home

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल सरकारले सुरक्षाकर्मीको मनोबल उच्च बनाउने उद्देश्यका साथ आगामी फागुन १ गतेदेखि लागू हुने गरी नेपाल प्रहरीको रासन स्केलमा महत्त्वपूर्ण वृद्धि गर्ने निर्णय गरेको छ ।अर्यालले सुनाएको उक्त निर्णय बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले गरेको हो । यो निर्णयसँगै करिब ८० प्रहरी कर्मचारी लाभान्वित हुने भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले करिब ८० हजार प्रहरी कर्मचारी लाभान्वित हुने गरी सरदर १० प्रतिशतले रासन रकम बढाउने निर्णय गरेको हो । यस निर्णयसँगै लामो समयदेखि नेपाली सेना र सशस्त्र प्रहरीको तुलनामा रासनमा हुँदै आएको विभेद समेत अन्त्य भएको छ। अब प्रहरीको दैनिक रासनमा पहिलो पटक अण्डा, मासु ( २५ ग्राम ) र हाई इनर्जी बिस्कुट समावेश गरी कूल १९ प्रकारका सामग्री उपलब्ध गराइनेछ ।

रासनको दररेट भौगोलिक अवस्थिति अनुसार फरक–फरक कायम गरिएको छ, जसअनुसार काठमाडौँमा कार्यरत प्रहरीले अब दैनिक २२१ रुपैयाँ ९२ पैसा पाउनेछन् भने सबैभन्दा दुर्गम हुम्लाको उत्तरी भेगमा यो रकम दैनिक ९५२ रुपैयाँ ३६ पैसा पुग्नेछ ।यसअघि २०७८ सालमा प्रहरीको रासन वृद्धि भएको थियो । २०७२ सालको रासनमा २०७८ सालमा १५ प्रतिशत भएको थियो । अहिले त्यही २०७८ को रासनमा चार वर्षपछि १० प्रतिशत वृद्धि भएको हो ।