२०८२ फाल्गुन २२ , शुक्रवार

यी हुन् नारायणगढ-मुग्लिन सडकमा दुर्घटना भएको बसका घाइतेहरु (नामावली)

busss

 

सुनाखरी न्युज/  काठमाडौं ।

दाङबाट काठमाडौं जाँदै गर्दा चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा दुर्घटना भएको बसका घाइतेहरुको परिचय खुलेको छ । प्रहरीका अनुसार घाइते ३८ जना छन् । तीमध्ये १० जनाको अवस्था मध्यम र २८ जनाको अवस्था सामान्य छ । मौलाकालिका अस्पताल भरतपुरमा १५ जना, पुरानो मेडिकल कलेज भरतपुरमा १३ जना, नयाँ मेडिकल कलेज भरतपुरमा ४ जना र जनता केयर अस्पताल मुग्लिङ ६ जना घाइतेहरुको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । लुम्बिनी प्रदेश ०२–००१ ख ०४६० नम्बरको नाइट बस आज बिहान करिब ३ बजेर १० मिनेटमा आफैं अनियन्त्रित भई घुमाउने भन्ने स्थानमा पल्टिएको थियो ।जिल्ला प्रहरी कार्यालय चितवनले उपलब्ध गराएको विवरणको आधारमा घाइतेहरुको नामावली यसप्रकार छ–

नयाँ मेडिकल कलेज भरतपुरमा उपचाररत घाइतेहरु

१.  दाङको लमही नगरपालिका १ बस्ने वर्ष ३३ को गणेश चौधरी ( हात खुट्टामा चोट, अवस्था मध्यम )  ।

२.  ऐ. ऐ .  ३ बस्ने वर्ष २१ की रुपा चौधरी  ( निधारमा चोट, अवस्था मध्यम )  ।

३.  राप्ती गाउँपालिका ५ बस्ने वर्ष २४ की माधुरी चौधरी  ( हात खुट्टामा चोट र ढाडमा चोट अवस्था मध्यम )  ।

४.  सहचालक राप्ती गाउँपालिका मसुरिया बस्ने वर्ष २१ को दिनेश चौधरी  ( वाँया कानमा भित्री चोट, अवस्था मध्यम )  ।

पुरानो मेडिकल कलेज भरतपुरमा उपचाररत घाइतेहरु

१. दाङको गढवा गाउँपालिका ३ बस्ने वर्ष ३१ की सिमा चौधरी  ( वाँया हात र टाउकोमा चोट, अवस्था सामान्य )  ।

२. गढवा गाउँपालिका ५ बस्ने वर्ष १८ को अभिषेक चौधरी ( वाँया हात र ढाडमा चोट, अवस्था सामान्य ) ।

३. ऐ.ऐ . बस्ने वर्ष २१ को सम्राट चौधरी ( टाउकोमा चोट अवस्था सामान्य )  ।

४ . घोराही–१८ बस्ने वर्ष ३६ को शालिग्राम खत्री क्षेत्री  ( टाउको र वाँया हातमा चोट, अवस्था सामान्य )  ।

५ .  दाङ शान्तिनगर गाउँपालिका २ बस्ने वर्ष ६९ को शालिग्राम शर्मा  ( टाउको र वाँया खुट्टामा चोट, अवस्था सामान्य )  ।

६ .  वर्ष ३७ की माँया चौधरी  ( वाँया हात र अनुहारमा चोट, अवस्था सामान्य)  ।

७.  लमही नगरपालिका २ बस्ने वर्ष ३२ को निर्मल चौधरी  ( टाउको र ढाडमा चोट अवस्था सामान्य ) ।

८ .  लमही नगरपालिका २ बस्ने वर्ष ३१ की गीता चौधरी  ( टाउकोमा चोट, अवस्था सामान्य )  ।

९. ऐ . ऐ. बस्ने वर्ष १९ को आवास चौधरी  ( वाँया खुट्टा र हातमा चोट, अवस्था सामान्य )  ।

१०. ऐ.ऐ. बस्ने वर्ष ३२ को राजु चौधरी  ( अनुहार र वाँया खुट्टामा चोट, अवस्था सामान्य )  ।

११. दाङ गढवा गाउँपालिका २ बस्ने वर्ष ३२ को लिखुराम चौधरी  ( टाउको र ढाडमा चोट, अवस्था सामान्य )  ।

१२. दाङ घोराही–१८ बस्ने वर्ष ३१ को बाबुराम थापा  ( अवस्था सामान्य )  ।

१३. ऐ.ऐ. ४ बस्ने वर्ष ४० को शुभराम वाग्ले ( टाउकोमा चोट, अवस्था सामान्य )  ।

मौलाकालिका अस्पताल भरतपुरमा उपचाररत घाइतेहरु

१.  सल्यान छत्रेश्वरी ५ बस्ने वर्ष १८ की लिला कवर मगर  ( टाउकोमा चोट, अवस्था सामान्य )  ।

२ .  ऐ. ऐ.  बस्ने वर्ष २१ को रमेश कवर मगर ( टाउकोमा चोट, अवस्था मध्यम )  ।

३ .  दाङ गढवा–२ बस्ने वर्ष २७ की मिना चौधरी  ( वाँया खुट्टा भाँचिएको, अवस्था मध्यम )  ।

४ .  गढवा २ बस्ने वर्ष ३० को विष्णु चौधरी  ( टाउकोमा चोट, अवस्था मध्यम ) ।

५ .  ऐ . ऐ .  बस्ने वर्ष २२ की सन्ध्या बफ्रेल  ( टाउकोमा चोट, अवस्था सामान्य )  ।

६ .  लमही नगरपालिका २ बस्ने वर्ष २१ को प्रकाश चौधरी  ( निधारमा चोट, अवस्था सामान्य )  ।

७ .  दाङ घोराही–१६ बस्ने वर्ष ६० को फणेन्द्र पछाई  ( हात खुट्टामा चोट, अवस्था सामान्य )  ।

८.  दाङ नारायणपुर बस्ने वर्ष ६० की उमा गौतम ( टाउकोमा चोट, अवस्था मध्यम )  ।

९ .  घोराही बस्ने वर्ष ४१ की शान्ती हमाल ( सामान्य चोटपटक )  ।

१०.  शान्ती हमालकी छोरी वर्ष १० की प्रमिसा हमाल  ( सामान्य चोटपटक )  ।

११.  रोल्पाको होलेरी बस्ने वर्ष ५० को विष्णु बस्नेत  ( टाउकोमा चोट, अवस्था मध्यम )  ।

१२.  नुवाकोटको पञ्चकन्या–६ बस्ने वर्ष ४० की सुनिता तामाङ ९टाउकोमा चोट, अवस्था सामान्य)  ।

१३.  ऐ. ऐ.  बस्ने बस्ने वर्ष ४२ को सुकमान तामाङ  ( टाउको र कम्मरमा चोट, अवस्था मध्यम )  ।

१४ .  ऐ .  ऐ .  बस्ने वर्ष ४५ को बुद्दी बहादुर तामाङ  ( ढाडमा चोट, अवस्था मध्यम )  ।

१५ .  ऐ. ऐ.  बस्ने वर्ष २० को सन्देश तामाङ  ( दायाँ हातमा चोट, अवस्था मध्यम )  ।

जनता केयर अस्पताल मुग्लिङमा उपचाररत घाइतेहरु

१. रोल्पा रुन्टीगढी गाउँपालिका ९ का वडाध्यक्ष वर्ष ३५ को चेतलाल खत्री  ( हातमा चोट ) ।

२. दाङ घोराही १७ बस्ने वर्ष २४ को दिनेश चौधरी  ( हातमा चोट )  ।

३. दाङ घोराही–१० बस्ने वर्ष २९ को चक्र सिंह  ( हात र टाउकोमा चोट )  ।

४. दाङ गढवा–२ बस्ने वर्ष २६ को श्रीराम चौधरी  ( टाउको र हातमा चोट )  ।

५. बस चालक दाङका ३४ वर्षीय सुभाष ओली ।

६. बस चालक ( दुर्घटना हुँदाको समयमा चलाउने)  दाङ लमही न. पा.  २ बस्ने वर्ष २६ को विपिन चौधरी