
सुनाखरी न्युज/ काठमाडौं ।
दुर्गेश पाँच/ छ महिनाअघि नै दोस्रो सन्तानको बुवा बनेका थिए। तर यो कुरा उनले हिजो ( बुधबार) मात्रै खुलासा गरे। उनले छोराको अन्नप्राशन अर्थात् पास्नीको तस्बिर राख्दै आफू दोस्रोपटक अभिभावक बनेको जानकारी दिएका हुन्।‘आज मेरो जीवनको अर्को सुन्दर अध्याय सार्वजनिक गर्दै छु। मेरो दोस्रो छोरा नाम मात्र होइन, मेरो पहिचानको निरन्तरता,’ उनले लेखेका छन्।
व्यक्तिगत जीवनका कुरा सार्वजनिक गर्ने दुर्गेशको आफ्नै तरिका छ। यसअघि पनि उनले एकैचोटि सन्तान प्राप्तिको खबर सुनाएका थिए। जुन सुनेर फ्यान छक्क परेका थिए।
चर्को टिकाटिप्पणी हुन थालेपछि उनले एक वर्ष अघिनै आफूले सुटुक्क बिहे गरेको स्पष्टीकरण दिएका थिए। दुर्गेश पछिल्लो समयका व्यस्त गायक हुन्।