
सुनाखरी न्युज/ काठमाडौं ।
रास्वपाका सभापति रवि लामिछानेलाई डिस्चार्ज भएका छन् ।
अस्पतालमा भेटघाट गर्ने मानिसको भिड लागेपछि उनले घरमै आराम गर्ने भन्दै डिस्चार्ज मागेका हुन् । लामिछानेलाई ‘सेलुलाइटिस’ भएको थियो ।
यही माघ ५ गते जनकपुरमा आयोजित पार्टीको चुनावी सभामा सहभागी हुने क्रममा उनको खुट्टामा चोट लागेको थियो । त्यसक्रममा देब्रे खुट्टामा घाउ भएको र त्यो निको नभएर छालामा इन्फेक्सन भएपछि उनी अस्पताल भर्ना भएका थिए ।