
सुनाखरी न्युज/ काठमाडौँ ।
राष्ट्रपति रामचन्द्र पौडेल आगामी माघ १८ ( आइतबार) गते जापान भ्रमणमा जाने भएका छन् ।
आज ( बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिको जापान भ्रमण स्व्किृत गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।
नेपाल- जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन राष्ट्रपति पौडेल जापान जान लागेका हुन् । कार्यक्रम माघ १८ देखि २१ गतेसम्म हुनेछ ।