
सुनाखरी न्युज/ काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) का सभापति रवि लामिछानेलाई अस्पतालबाट ‘डिस्चार्ज’ गर्ने तयारी गरिएको छ ।
काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत रहेका लामिछानेलाई आजै ‘डिस्चार्ज’ गर्ने तयारी गरिएको बताइएको छ ।लामिछानेलाई ‘सेलुलाइटिस’ भएको थियो ।
यही माघ ५ गते जनकपुरमा आयोजित पार्टीको चुनावी सभामा सहभागी हुने क्रममा उनको खुट्टामा चोट लागेको थियो । त्यसक्रममा देब्रे खुट्टामा घाउ भएको र त्यो निको नभएर छालामा इन्फेक्सन भएपछि उनी अस्पताल भर्ना भएका थिए ।