२०८२ फाल्गुन २२ , शुक्रवार

ललितपुरमा चाँदीका गरगहना चोरी, करिब दुई लाखको क्षति

x1768221649-OCLFj.jpg.pagespeed.ic.OBQicZNAHm

 

सुनाखरी न्युज/ काठमाडौं ।

ललितपुर महालक्ष्मी नगरपालिका–५ टिकाथली देउराली मार्गस्थित एक घरबाट चाँदीका गरगहना चोरी भएको छ ।

उक्त स्थानमा बस्ने रमेश प्रसाद खरेलको घरबाट गए राति करिब १ लाख ९२ हजार रुपैयाँ बराबरको चाँदीका गरगहना चोरी भएको प्रहरीले जनाएको छ ।

चोरीमा संलग्न व्यक्ति हाल फरार रहेको र उनको खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।

घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीको भनाइ छ ।