२०८२ फाल्गुन २२ , शुक्रवार

महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको विमान दुर्घटनामा निधन

ajit-pawar

सुनाखरी न्युज/ काठमाडौं ।
भारतको नागरिक उड्डयन निकाय डीजीसीएका अनुसार बुधवार बिहान बारामतीस्थित विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गनजिकै उक्त विमान दुर्घटनामा परेको थियो। उक्त विमान मुम्बईबाट उडेको थियो।उनी ६६ वर्षका थिए। बुधबार बिहान ८ः४५ बजे बारामतीमा उनी सवार विमान दुर्घटनामा परेको हो।

प्रारम्भिक जानकारीअनुसार बारामती विमानस्थलमा अवतरण गर्ने क्रममा यो दुर्घटना भएको हो। विमानमा अजित पवारसँगै उनका निजी सहायक, सुरक्षाकर्मी तथा विमानका कर्मचारीसहित ५ जनाको ज्यान गएको छ।

अहिलेसम्म प्राप्त जानकारीअनुसार पवार मुम्बईबाट चार्टर्ड विमानमार्फत बारामती गएका थिए। त्यहाँ अवतरण गर्ने क्रममा विमान रनवेबाट चिप्लिएको बताइएको छ।