२०८२ फाल्गुन २३ , शनिवार

नेपालगञ्जमा गाडीबाट खस्दा ५ जना बालेन समर्थक घाइते

npj-1

सुनाखरी न्युज/ काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी  ( रास्वपा ) का वरिष्ठ नेता बालेन शाहका समर्थकहरू बाँकेको नेपालगञ्जस्थित राँझा विमानस्थलनसँगैको सडकमा गाडीबाट खसेका छन् ।बालेन शाह नेपालगञ्ज पुग्ने कार्यक्रमसँगै उनका समर्थकहरू राँझा विमानस्थल क्षेत्रमा पुगेका थिए ।

यस क्रममा समर्थक सवार एक गाडीको पछाडिको ढालाबाट केही व्यक्ति खसेको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी अंगुर जिसीले जानकारी दिए । उनका अनुसार ४–५ जना समर्थक गाडीबाट खसेका हुन् । विमानस्थलभित्रकै सडक भएकाले गाडी तीव्र गतिमा रहेकाले घाइतेहरू सबैको अवस्था सामान्य रहेको एसपी जिसीले बताए।

२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा बालेन शाह रास्वपाबाट प्रधानमन्त्रीका उम्मेदवारसमेत बनेका छन् । उनी हाल चुनावी प्रचार–प्रसारका लागि पश्चिम नेपालमा छन् ।झापा–५ बाट उम्मेदवारी दर्ता गराएका बालेन पूर्वी पहाडी जिल्लाको भ्रमण सकेर काठमाडौं फर्किएका थि