
सुनाखरी न्युज/ काठमाडौं ।
आइसीसी महिला टी-२० विश्वकप ग्लोबल क्वालिफार्यस अन्तर्गत स्कटल्याण्डले नेपाललाई १४१ रनको लक्ष्य दिएको छ । टस हरेर पहिला ब्याटिंग गरेको स्कटल्याण्डले २० ओभरमा अल आउट हुदै १४० रन बनाएको हो ।
स्कटल्याण्डका लागि प्रियानाज चटर्जीले अविजित ४५ रन बनाइन् भने एलसा लिस्टरले २२, साराह ब्रायसले १८ र मेगान म्याककोलले १७ रन बनाएकी थिइन् ।
त्यस्तै नेपाली बलर मनिषा उपाध्यायले शानदार बलिङ गर्दै ४ विकेट लिएकी थिइन् । त्यस्तै रुबिना क्षेत्रीले ३ विकेट लिएकी थिइन् । त्यसैगरी रिया शर्मा, सिता राना मगर र कबिता जोशीले एक एक विकेट लिएका थिए ।