
सुनाखरी न्युज/ काठमाडौं ।
म्याग्दीमा प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिएको पूर्वमन्त्री महावीर पुनले त्रिभुज चुनाव चिह्न पाएका छन् । पुनले म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
पार्टीका महासचिव धर्म चौधरीले आफ्नो पार्टीको समर्थन पुनलाई गर्ने निर्णय भएको जानकारी दिए । सामाजिक सञ्जालमार्फत आफूले त्रिभुज चिह्न पाएको जानकारी दिँदै पुनले भनेका छन्, ‘महावीर पुनको चुनाव चिह्न आयो। नेपाल भरिका स्वतन्त्र उम्मेदवारहरूले यही चिह्न लिए हुन्छ।’
उज्यालोले सो क्षेत्रमा कुनै पनि उम्मेदवारी दिएको थिएन । चौधरीले आफ्नो दलप्रति आस्था भएका र उज्यालो नेपालमा आबद्ध भएका व्यक्तिलाई पुनले पाउने चुनाव चिह्नमा मतदान गर्न आग्रह गरेका छन् ।