२०८२ फाल्गुन २२ , शुक्रवार

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागद्धारा १८ वटा फर्ममा निरीक्षण, दुई लाख एक हजार जरिवाना

banijya-bibhag-768×466-1

सुनाखरी न्युज/ काठमाडौं ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकैदिनमा काठमाडौं, भक्तपुर र ललितपुरका १८ वटा फर्ममा निरीक्षण गरेको छ ।

अनुगमनका क्रममा कैफियत देखिएपछि न्यू शिव स्टोर काठमाडौँ–२९ नयाँ बसपार्कलाई रु दुई लाख एक हजारबराबरको जरिवाना गरेको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ र उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम उक्त फर्मलाई कारबाही गरिएको विभागले जनाएको छ ।

त्यसैगरी, हिमालयन ब्रुअरी प्रालिलाई व्यवसायसँग सम्बन्धित कागजात लिएर तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ । अन्य १६ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिइएको विभागले प्रष्ट पारेको छ ।

स्थानीय प्रशासन, उपभोक्ता अधिकारकर्मी तथा स्थानीय सरोकारवालाको समेत उपस्थितिमा नियमित रूपमा बजार अनुमगन गरिएको विभागले प्रष्ट पारेको छ ।
रासस