
सुनाखरी न्युज / काठमाडौं ।
छोरा या छोरी दुवै समान हुन् । हाम्रो समाजमा छोरा र छोरीमा गरिने भेदभाव तथा गर्भपतनका कारण गर्भवती महिलाको पेटमा रहेको बच्चाको लिङ्ग परिक्षण गरिनु गैरकानुनी मानिन्छ । तर, यदि भेदभावको दृष्टिकोणले नभई उत्सुकता मेटाउनको लागि छोरा र छोरी के छ भन्ने जानकारी लिन चाहेमा आफैले घरमा पनि अनुमान गर्न सकिन्छ। यदि गर्भमा छोरी छ भने गर्भवती महिलामा महिला हार्मोनको मात्रा बढेको हुन्छ । त्यसैले उनी धेरै मुडी हुन्छिन्। त्यस्तै, शरीरक अंगहरुले पनि छोरा वा छोरी के छ भन्ने कुरामा संकेत गरिरहेको हुन्छ । यदि महिलाको स्तनको टुप्पोको रंग बढी कालो हुँदै गयो भने उनको गर्भमा छोरा रहेको हुन्छ । यदि ती महिलाको स्तनको रंगमा थोरै मात्र परिवर्तन भएको छ भने, उनको गर्भमा छोरी हुन्छ।
गर्भमा छोरा भएमा देखिने केहि लक्षणहरु
पेटको आकार
गर्भवती महिलाको पेट भारी र तलतिर झुकेको भए गर्भमा छोरा भएको अनुमान लगाउने गरेको पाइन्छ ।
छाला परिवर्तन
गर्भावस्थामा छाला परिवर्तन सामान्य मानिन्छ । तरपनि गर्भमा छोरा छ भने गर्भवती महिलाको अनुहारमा दाना र दागहरू बढी देखिन्छन्। यस बाहेक, गर्भवती महिलाको अनुहार सुकेको जस्तो देखिन्छ भन्ने विश्वास गरिन्छ ।
स्तनको आकारमा बदलाव
गर्भावस्थामा, महिलाको शरीरमा हार्मोनको कारण धेरै परिवर्तन हुन्छन्। यस समयमा, महिलाको स्तनको आकार बढ्छ, जसले उनलाई स्तनपानको लागि तयार तुल्याउँछ। यो अवस्थामा दुबै स्तनको आकारमा अलिक फरक हुन्छ। यदि दायाँ स्तन ठूलो, बायाँ स्तन भन्दा भारी भए गर्भमा छोरा भएको लक्षण मानिन्छ।
चिसो खुट्टा र खस्रो हात
गर्भावस्थामा खुट्टा चिसो र सुख्खा तथा खस्रो हातहरू हुनु भनेको गर्भमा छोरा हुनुको संकेत मानिन्छ ।
चटपटीदार खानाहरु खान मन लाग्ने
गर्भावस्थामा धेरै प्रकारका चीजहरू खाने इच्छा हुन्छ । तर मसलादार र नुनिलो खाने कुराको बढी इच्छा भएमा छोरा हुने संकेतको रुपमा लिईन्छ ।
गर्भमा छोरी भएको संकेत
अधिक वाकवाकी हुनु
अन्वेषकहरुका अनुसार बिहान अत्यधिक वाकवाकी भएमा ,गर्भावस्थामा छोरी भएको अनुमान लगाउन सकिन्छ।
पेटको आकार
गर्भवतीको पेट गोलाकार र गर्भवती हुँदा माथि उठेको भएमा गर्भमा छोरी हुनुको संकेत मानिन्छ।
मुड परिवर्तन
गर्भमा छोरी छँदा महिलाको मुड परिवर्तन हुन्छ। रिस, चिडचिड, तनाव र उदासिनताका भावनाहरू अधिक देखिन्छन्।
स्तन आकारमा परिवर्तन
गर्भावस्थामा स्तन ध्यानपूर्वक हेरे बच्चाको लिङ्ग जान्न मद्दत पुर्याउँछ। देब्रे स्तनको आकार दायाँ स्तन भन्दा ठूलो भए गर्भमा छोरी हुनुको लक्षण मानिन्छ।
मीठा चीजहरू खाने इच्छा
यदि कुनै गर्भवती महिलाले अचानक मीठो चीजहरू ९मिठाइ, चकलेट आदि० खाने इच्छा गर्न थाले गर्भमा एउटी छोरी भएको लक्षण मानिन्छ ।