२०८२ फाल्गुन २२ , शुक्रवार

गणपति लघुवित्तले लाभांश नदिने

ganpati

सुनाखरी न्युज/ काठमाडौं ।

गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीलाई लाभांश नदिने भएको छ । गणपति सञ्चालक समितिको ३ पुसमा बसेको १२३औं बैठकले आर्थिक वर्ष २०८०/ ८१ मा सेयरधनीलाई नगद वा बोनस कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

लघुवित्तले अघिल्लो वर्षको तुलनामा यस वर्ष सञ्चित नाफा वा अन्य वित्तीय सूचकका आधारमा लाभांश नदिने नीति लिएको बुझिएको छ।

राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत गरेपछि कम्पनीलाई वार्षिक साधारण सभा (AGM) आह्वान गर्ने बाटो खुल्नेछ।