
सुनाखरी न्युज/ काठमाडौं ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीबाट राजीनामा दिएका महावीर पुनले म्याग्दीबाट उम्मेदवारी दिएका छन् । मन्त्रीबाट राजीनामा दिएका उनले म्याग्दी पुगेर मनोनयन दर्ता गरेका हुन् ।
उनले म्याग्दीबाटै राजीनामा पत्र पठाएका थिए । उनको राजीनामा स्वीकृत भइसकेको छ । उनी स्वतन्त्र रूपमा उम्मेदवार बन्न लागेका हुन् ।पुनले मंगलबार बिहान मात्रै मन्त्रीबाट राजीनामा दिएका थिए। जेन–जी आन्दोलनपछि गठन भएको सुशीला कार्की नेतृत्वको सरकारमा पुन मन्त्री बनेका थिए।
यसअघि ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले राजीनामा दिइसकेका छन्।