२०८२ फाल्गुन २२ , शुक्रवार

पत्रकारिता छाेडर राजनीतिमा ऋषि धमला

rishi-dhamala

सुनाखरी न्युज/ काठमाडौं ।

पत्रकार ऋषि धमला राजनीतिमा औपचारिक रुपमा प्रवेश गरेका छन् । फागुन २१ गते हुने प्रतिनिधि सभाको चुनावमा उनले रौतहट निर्वाचन क्षेत्र नम्बर ४ को टिकट पाएका छन् । आम जनता पार्टीबाट मोबाइल चुनाव चिन्ह लिएर उनी रौतहट निर्वाचन क्षेत्र नं। ४ बाट मनोनयनका लागि सोमबार रौतहट प्रस्थान गरेका छन् ।

उनकी पत्नी एलिजा गौतमले सामाजिक सञ्जालमार्फत धमलाको यो निर्णयप्रति गर्व र भावुकता व्यक्त गर्दै जनताप्रतिको जिम्मेवारीलाई प्राथमिकतामा राखेर उनले राजनीति रोजेको बताएकी छन् ।

गौतमले लामो समय पत्रकारितामार्फत सत्यका पक्षमा उभिँदै आएका धमलाको अनुभव, प्रखर बुद्धि र अडानले राजनीतिमा पनि सकारात्मक भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेकी छन् ।उनले सेवाका लागि राजनीतिमा प्रवेश गरेकोसमेत उल्लेख गरेकी छन्।