२०८२ फाल्गुन २२ , शुक्रवार

मन्त्री बब्लु गुप्ताले दिए राजीनामा

BabluGupta_z1kTRtK2ch

सुनाखरी न्युज/ काठमाडौं ।

युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले मन्त्री पदबाट राजीनामा दिएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिने भएपछि मन्त्री गुप्ताले पदबाट राजीनामा दिएको हो ।

“उम्मेदवारी दिने सिलसिलामा म अहिले सिरहा पुगेको छु, इमेलमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजीनामा पठाएको छु,” रासससँग कुरा गर्दै उनले भने, “आफ्नो राजीनामाबारे टेलिफोनमार्फत प्रधानमन्त्रीलाई जानकारी गराइसकेको छु ।”

जेनजी आन्दोलनपछि गठन भएको सरकारमा उनले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएको थियो । वर्तमान सरकारमा उनी जेनजी पुस्ताको प्रतिनिधित्व गरिरहेको थियो । रासस