२०८२ फाल्गुन २२ , शुक्रवार

झापा पुगे ओली, बालेन पनि जाँदै

Oli-Balen-768×478

सुनाखरी न्युज/ काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापा पुगेका छन् । उनी केहीबेरअघि हवाइमार्ग हुँदै भद्रपुर विमानस्थल पुगेका हुन् । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ओली झापा – ५ बाट उम्मेदवार बन्दैछन् । ओलीसँग रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह ( बालेन )  उम्मेदवार बन्ने पक्का भइसकेको छ ।

बालेन पनि आजै झापा जाँदैछन् । जनकपुरमा आयोजित सभालाई सम्बोधन गरेर उनी झापा जाने रास्वपाले जनाएको छ । सोही क्षेत्रमा काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर बालेन्द्र शाहले पनि उम्मेदवारी दिने तयारी थालेका छन् । अहिले मेधश प्रदेशका चुनावी कार्यक्रममा रहेका बालेन केहीबेरमा झापा जाने बताइएको छ ।

जनकपुरमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी कार्यक्रमलाई सम्बोधन गरेर बालेन झापा जाने बताइएको छ । आसन्न फागुन २१ गतेको लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि मनोनयन दर्ता गराउने समय भोलि ( माघ ६ गते)  का लागि तोकिएको छ ।