२०८२ फाल्गुन २२ , शुक्रवार

नेपाल प्रहरीका ११ जना एसएसपीको सरुवा

nepal-police-logo

सुनाखरी न्युज/ काठमाडौं ।

सरकारले नेपाल प्रहरीका ११ प्रहरी वरिष्ठ उपरीक्षक एसएसपीहरुको सरुवा गरेको छ । आज बसेको गृहमन्त्रीस्तरीय निर्णयबाट उनीहरूको सरुवा गरिएको हो ।

सरुवा हुनेहरूमा केदार खनाल, दिपक पोखरेल, दीप शम्शेर जबरा, नान्ती राज गुरुङ, विमल राज कँडेल, महेन्द्र खड्का, रमेश कुमार बस्नेत, श्याम कुमार महतो, वसन्त रजौरे, सन्तोष खड्का र सोमेन्द्र सिंह राठोर रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरता रमेश कुमार बस्नेतलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय शान्ति सुरक्षा महाशाखा रानीपोखरीमा सरुवा गरिएको छ ।