
सुनाखरी न्युज/ काठमाडौं ।
भक्तपुरमा धारिलो हतियार प्रहार गरी छोराले आमाको हत्या गरेका छन्। मध्यपुर ठिमी नगरपालिका- ३ तेर्सेटार बस्दै आएकी धनुषा मिथिला नगरपालिका- ११ घर भएकी ५० वर्षीया सरिता भण्डारीको शुक्रबार राति हत्या भएको हो। धनुषाको मिथिला नगरपालिका- ११ घर भएका उनीहरु तेर्सेटारमामा डेरामा बस्दै आएका थिए ।
शुक्रबार राति प्रविणले आमालाई धारिलो हतियार प्रहार गरेका थिए । छोराको आक्रमणबाट गम्भी घाइते भएकी सरिताको उपचारका क्रममा भक्तपुर इन्टरनेशनल अस्पतालमा मृत्यु भएको डीएसपी जबेगुले बताए ।
आमाको हत्या गरेका भण्डारीले पनि आफ्नै टाकोमा धारिलो हतियारले हानेका थिए । उनी पनि घाइते भएको प्रहरीले जनाएको छ ।