
सुनाखरी न्युज/ काठमाडौं ।
नेपाली कांग्रेसको गगन थापा- विश्वप्रकाश शर्मा समूहको अगुवाइमा भएको विशेष महाधिवेशनले गगन थापालाई पार्टी सभापति चयन गरेको छ । कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरी पार्टीको विधान अनुसार बोलाएको महाधिवेशनले थापालाई सभापति चयन गरेको हो ।
काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनले थापाको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ कार्य समिति चयन गरेको हो ।अधिवेशनले उपभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाललाई चयन गरेको छ । महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन भएका छन् ।
महिला सह–महामन्त्रीमा डा. डिला संग्रौला पन्त, दलिततर्फ प्रकाश रसाईली स्नेही, आदिवासी जनजाती तर्फ बहादुर सिंह लामा, खसआर्यतर्फ उदय शम्शेर राणा, मधेशीतर्फ मुक्ता कुमारी यादव, मुस्लिमतर्फ फर्मुल्ला मन्सुर, थारुतर्फ योगेन्द्र चौधरी र पिछडिएको क्षेत्रतर्फ कर्ण बहादुर बुढा सह–महामन्त्री बनेका छन् ।