२०८२ फाल्गुन २२ , शुक्रवार

कांग्रेस विशेष महाधिवेशन: राति ८ बजेबाट मतदान सुरु

gagan-bishoprakash1

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत मतदान राति ८ बजेबाट हुने भएको छ ।

यसअघिको कार्यतालिका संसोधन गर्दै मतदानको समय राति ८ बजेका लागि सारिएको हो ।

सूचनामा भनिएको छ, ‘यसअघि निर्वाचन कार्यतालिकाको सूचना प्रकाशित भएकोमा मनोनयन पत्र दर्ता गर्नेसम्मको प्रक्रिया पूरा भएकोले थप निर्वाचन प्रक्रिया अगाडि बढाउन आज मिति २०८२/ ९ / ३० गते बुधबारका दिनका लागि तपसिल बमोजिम संशोधित निर्वाचन कार्यक्रम प्रकाशित गरिएको ब्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ।’