
सुनाखरी न्युज/ काठमाडौं ।
आज भैरहवाबाट काठमाडौंका लागि उडान भर्ने तयारीमा रहेको बुद्ध एयरको उडान नं. ८५२ ९जहाज ( एन–एएमडी) ढिला भएको छ ।बुद्ध एयरका अनुसार यात्रु सुमन गौतमले अनाधिकृत रूपमा जहाजको आपतकालीन ढोका खोलेका कारण उडान प्रभावित भएको हो । घटना पश्चात उनलाई तत्काल विमानस्थल सुरक्षाकर्मीको जिम्मा लगाइएको छ ।
जहाजको सुरक्षा र प्राविधिक परीक्षण सुनिश्चित गर्न काठमाडौंबाट प्राविधिक टोली भैरहवा प्रस्थान गरिसकेको छ भने परीक्षण पूरा भएपछि मात्र जहाजले उडान भर्ने बुद्ध एयरले जनाएको छ ।
नागरिक उड्डयन प्राधिकरणको नियम अनुसार विमानको आपतकालीन ढोका बिना कारण खोल्नु गम्भीर कानुनी अपराध मानिन्छ । यस घटनाले यात्रुवर्गमा पारेको असुविधाप्रति बुद्ध एयरले क्षमाप्रार्थी गरेको जनाएको छ ।