
सुनाखरी न्युज/ काठमाडौं ।
नेपालमा भित्रिने चिनियाँँ पर्यटकका लागि डिजिटल भुक्तानी सेवा सहज, सरल तथा विश्वासिलो बनाउने उद्देश्यका साथ माछापुच्छ्रे बैंक लि.ले Tenpay Payment Technology Co. Ltd सँग प्रत्यक्ष सम्भता गरेको छ । Tenpay Payment Technology Co. Ltd चीनमा WeChat Pay (Weixin Pay) सञ्चालन गर्ने ठूलो डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी हो । उक्त सम्झौता पश्चात माछापुच्छ्रे बैंकले WeChat Pay (Weixin Pay) को माध्यमबाट अन्तर्राष्ट्रिय भुक्तानी सेवा प्रदान गर्नेछ ।
जस अन्तर्गत चिनियाँ पर्यटकहरूले नेपालमा चिनियाँ मुद्रा प्रयोग गरी भुक्तानी गर्न सक्नेछन् भने नेपाली व्यापारीहरूले सोझै नेपाली रुपैयाँ मा रकम प्राप्त गर्नेछन् । यसरी चिनियाँँ पर्यटकले प्रत्यक्ष रुपमा कारोबार गर्न सक्ने हुँदा पर्यटन, खुद्रा व्यापार तथा सेवा क्षेत्रमा सहज र सुरक्षित डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने विश्वास बैंकले लिएको छ ।
यो सम्झौताले डिजिटल नेपाल फ्रेमवर्क तथा नेपाल राष्ट्र बैंकका विभिन्न रणनीतिक पहलहरूमा पनि टेवा पुर्याउने विश्वास बैंकले लिएको छ ।साथै उक्त सम्झौताले वित्तिय डिजिटल समावेशीकरण, नगद–रहित अर्थतन्त्र र भुक्तानी पूर्वाधारको आधुनिकीकरणमा समेत उल्लेख्निय भूमिका खेल्ने अपेक्षा गरिएको छ ।