२०८२ फाल्गुन २२ , शुक्रवार

बुद्ध एयरको  उड्ने तरखरमा रहेको विमानमा यात्रुले आपतकालीन ढोका खोलेपछि…

Buddha

सुनाखरी न्युज/ काठमाडौं ।
बुद्ध एयरको  भैरहवाबाट काठमाडौंका लागि उडान भर्ने तयारीमा रहेको उडान नम्बर ८५२ (जहाज 9N-AMD)  यात्रुको लापरबाहीका कारण ढिलाइ भएको छ ।

बुद्ध एयरका सूचना अधिकारी दिपेन्द्र कर्णका अनुसार, यात्रु सुमन गौतमले अनाधिकृत रूपमा विमानको आपतकालीन ढोका खोलेपछि उडान प्रभावित भएको हो । घटनामा संलग्न यात्रुलाई तत्काल विमानस्थल सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् ।

हवाई सुरक्षा मापदण्डअनुसार जहाजको विस्तृत प्राविधिक परीक्षण आवश्यक पर्ने भएकाले काठमाडौंबाट प्राविधिक टोली भैरहवा प्रस्थान गरिसकेको बुद्ध एयरले जनाएको छ ।

सम्पूर्ण परीक्षण पूरा भई सुरक्षा सुनिश्चित भएपछि मात्र त्यो जहाजले काठमाडौंका लागि उडान भर्नेछ ।

नागरिक उड्डयन प्राधिकरणका नियमअनुसार विमानको आपतकालीन ढोका बिना कारण खोल्नु गम्भीर कानुनी अपराध मानिन्छ । यस घटनाबाट यात्रुहरूलाई पर्न गएको असुविधाप्रति कम्पनीले क्षमायाचना गरेको छ ।