२०८२ फाल्गुन २२ , शुक्रवार

जाडोमा यस्ता देखिन्छन् छालाका समस्या, कसरी बच्ने ?

1637032453_1479188154skin-1763266295

सुनाखरी न्युज/ काठमाडौं ।

जाडो मौसम सुरु भएसँगै छालामा विभिन्न समस्याहरू देखिन गर्छन । त्यसैले जाडोको समयमा छालाको राम्रोसँग हेरचाह गर्नुपर्छ । चिसो हावा पानी, चिसो मौसमले गर्दा छालामा मोस्चरको मात्रा घटदै जान्छ जस ले गर्दा छाला सुक्खा हुने, चिलाउने, पोल्ने , छाला खस्रो हुने , फुट्ने, हात गोडाहरु सुन्निने जस्ता समस्या धेरै देखिने गर्दछ। जाडोमा हाम्रो शरीरबाट छालालाई चाहिने चिल्लो पदार्थ कम उत्पादन हुने हुँदा छालामा यस्ता समस्याहरू देखिन गर्छन ।

जाडोमा छालामा देखिने समस्याहरूः

सुख्खापनः चिसोका कारण छालामा मोस्चर कम हुन्छ र छालामा रहेको पानीको मात्रा सुक्न गई चिल्लो पदार्थ घट्न जान्छ त्यसकारण हातखुट्टा, ओठ, अनुहार फुट्ने छालामा सुख्खापन आउने जस्ता समस्या देखापर्छ । जाडो महिनामा आगो वा हिटरको नजिकै बस्ने गरिन्छ जसले गर्दा डिहाइड्रेसन बढेर सुख्खापनको समस्या बढेर जान्छ।

सोरियासिस :  सोरियासिस लाई कत्ले रोग पनि भनिन्छ । यो घुडामा, कुहिनोमा टाउकोमा बढि मात्रामा देखिन्छ । यो समस्या गर्मीमा भन्दा जाडोमा बढिदेखिने गर्छ किनकी जाडोको बेलामा छालाहरूअरु बेलाभन्दा बढी सुख्खा हुने भएकाले झन् बढ्ने हुन्छ ।

एक्जिमा :  एक्जिमा लाई एलर्जी पनि भनिन्छ । सुक्खा भएको छालामा ‘जेरोटिक एक्जेमा’ हुने भएकाले जाडोमा बढि देखिन्छ । यसमा छाला चिलाउने,सुख्खा हुने, रातो हुने हुन्छ । जाडोमा सबैलाई घाम प्यारो हुन्छ तर सिधै घाममा बस्दा घामको एलर्जी हुन्छ, त्यसबाट बच्न सनस्क्रिन क्रिम लगाएर घाममा जानुपर्छ । यस्ता क्रिमको प्रयोग गर्दा चिकित्सकको सल्लाहअनुसार प्रयोग गर्दा राम्रो हुन्छ ।

चिलब्लेन्स  ( चिसोले खाने  )  :  यस रोगमा हातखुट्टाका औंलाहरु रातो हुने, सुन्निने, पानी फोका र पिपका फोकाहरु आउने जस्ता लक्षण देखिन्छन्। विषेस गरि हातखुट्टा सुन्निने हुन्छ ।

चायाँः जाडो मौसममा चायाको समस्याले पनि सताउँछ । चिसोले गर्दा राम्रोसँग कपालको हेरचाह गर्न सक्दैनौँ साथै जाडोमा टोपी लगाइन्छ जसले गर्दा टाउको गुम्सिन्छ र कपालमा चायाँ पर्ने समस्या बढी देखिन्छ । यस्तो समस्यामा एन्टीड्यान्डर्फ स्याम्पु प्रयोग गर्नु पर्छ ।

लुतो  ( दाद )   :  चिसो मौसममा दादको समस्या देखिन्छ । चिसोले गर्दा कम नुहाउने, छालाको सरसफाईमा ध्यान नदिने, लामो समयसम्म एउटै कपडा लगाउने गर्छन् जसले गर्दा शरीरमा लुतो आउने समस्या हुन्छ ।

छालाको हेरचाह कसरी गर्ने  ? 

मौसम अनुसार आफनो छालाको हेरचाहलाई बदलि राख्नु पर्छ । जाडोमा हाइड्रेटिंग खालको किलिन्जर प्रयोग गर्नु पर्छ । छालामा देखिने समस्या अनुसार छालाको हेरचाह गर्नु पर्छ ।धेरै लाई उलनको लुगाले छाला चिलाउने भएकाले प्रयोग नगर्ने बरु सिल्क, कटन, सुतिको प्रयोग गर्ने ।

– छालालाई सुख्खा रहन नदिन मोस्चराइजिङ तथा लोसनको प्रयोग गर्ने ।
-साबुनको प्रयोग कम गर्ने ( मोस्चराइजिङ साबुन तथा फेस वास प्रयोग गर्ने )(
-ओठ चिल्लो राख्न भ्यासलिन तथा लिप बाम प्रयोग गर्ने ।

-घाममा जानुअगाडि सनस्क्रिन तथा लोसनको प्रयोग गर्ने ।
-बढी चिसो पानीमा काम नगर्ने ।
-उलनको लुगा प्रयोग नगर्ने ।
-बढी तातो पानीले ननुहाउने ।
-शारीरिक सरसफाइमा विशेष ध्यान दिने ।

-जाडोमा क्रिम बेस मोस्चराजरको प्रयोग गर्ने
-सनस्क्रिन दैनिक ३ र ३घण्टाको अन्तरालमा प्रयोग गर्ने
-आगो वा हिटरको धेरै नजिकै नबस्ने ।
-धेरै समय लगाएर ननुहाउने ।
-केही समस्या देखा परे छिट्टै छाला रोग विशेषज्ञसँग परार्मश लिई उपचार गर्ने ।