२०८२ फाल्गुन २४ , आइतवार

डेढ दर्जन व्यावसायिक फर्ममाथि वाणिज्य विभागको अनुगमन र कारबाही

Banijya

सुनाखरी न्युज/ काठमाडौं ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सोमबार १८ उद्योग तथा व्यावसायिक फर्ममाथि कारबाही गरेको छ ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा गरेको अनुगमन क्रममा विभागले  उपभोक्ता संरक्षण ऐन र नियमावली विपरीत कार्य गर्ने फर्मलाई कारबाही तथा निर्देशन दिएको हो ।

ललितपुर महालक्ष्मी नगरपालिका–१ मा रहेको न्यु आरए इन्टरप्राइजेजलाई उपभोक्ता संरक्षण ऐन २०७५ को दफा १६ र ३८ (छ) बमोजिम कसुरमा सोही ऐनको दफा ३९ (१) (क) अनुसार २० हजार रुपैयाँ जरिबाना गरिएको छ ।

त्यसैगरी विभागले अन्य १७ व्यावसायिक फर्मलाई सामान्य निर्देशन दिएको छ ।

 

उपभोक्ता संरक्षण ऐन २०७५ र उपभोक्ता संरक्षण नियमावली २०७६ बमोजिम बजार स्वच्छ र प्रतिस्पर्धी बनाउन विभागले नियमित अनुगमन गर्दै आएको छ ।

विभागले ‘स्वच्छ र प्रतिस्पर्धी बजार स् उपभोक्ता संरक्षणको दिगो आधार’ भन्ने नारा आत्मसात गर्दै अनुगमनलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।