२०८२ फाल्गुन २२ , शुक्रवार

सुनचाँदीको मूल्यमा फेरि नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

12-gold

सुनाखरी न्युज/ काठमाडौं ।

लगातार उकालो लागेको सुनको मूल्यले मंगलबार ( पुस २९)  अर्को कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस छापावाल सुन तोलामा १८ सय रुपैयाँले बढेको हो ।

अघिल्लो दिन प्रतितोला दुई लाख ७४ हजार ७०० कारोबार भएको थियो । अब उपभोक्ताले एक तोला छापावाल सुन किन्न दुई लाख ७६ हजार ५०० रुपैयाँ खर्चिनुपर्ने भएको छ ।चाँदीको मूल्यमा पनि अर्को रेकर्ड बनेको छ ।

मंगबार चाँदीको भाउ प्रतितोला पाँच हजार ३४० रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको तुलनामा १४५ रुपैयाँ बढी हो । सोमबार चाँदी प्रतितोला पाँच हजार १९५ रुपैयाँ थियो ।