२०८२ फाल्गुन २२ , शुक्रवार

नेप्से २६३५ विन्दुमा, ६ अर्ब ४७ करोडको सेयर किनबेच

Nepse-2

सुनाखरी न्युज/ काठमाडौं ।
नेप्से परिसूचक सोमबार घटेको छ।

नेप्से ५.५४ अंकले घटेर २६३५ विन्दुमा बन्द भएको हो।

नेप्से परिसूचक घटे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा सोमबार  बढेको छ।

अघिल्लो कारोबार दिन चार अर्ब ९० करोड रूपैयाँको सेयर कारोबार भएकोमा यसदिन उक्त रकम बढेर ६ अर्ब ४७ करोड रूपैयाँमा सीमित भएको छ।

यसदिन ३३३ वटा धितोपत्रको एक करोड २३ लाख नौ हजार ७४४ कित्ता सेयर किनबेच भएको हो।

सोमबार ७५ कम्पनीको सेयरमूल्य बढेको छ भने १७८ वटाको घटेको छ। यस्तै, सात कम्पनी स्थिर छन्।