
सुनाखरी न्युज/ काठमाडौं ।
नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत जारी बन्दसत्रमा महामन्त्री गगन कुमार थापाले समसामयिक राजनीतिक प्रस्ताव पेश गरेका छन् ।
बन्दसत्र भृकुटीमण्डपमा अहिले जारी छ ।

केहीबेर अघिमात्रै अर्का महामन्त्री विश्वप्रकाश शर्माले सांगठनिक प्रतिवेदन पेश गरेका थिए ।